मुद्दा जिताईदिन्छु भन्दै १ करोड २८ लाख खाएर भागेका महर्जन पक्राउ

मुद्दा जिताईदिन्छु भन्दै १ करोड २८ लाख खाएर भागेका महर्जन पक्राउ


 

काठमाण्डु । मुद्दा जिताई दिन्छु भनि ठगी गर्ने एक जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१८ भैंसेपाटी बस्ने ४५ वर्षीय रबिन्द्र महर्जनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंबाट २०८१ कात्तिक ६ गते पक्राउ अनुमती जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको बुद्धनगरबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा महर्जनले काठमाडौं–निजगढ (फास्टट्रयाक) द्रुत मार्ग टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर उच्च अदालतमा बिचाराधिन रहेको मुद्दा जिताई दिन्छु भन्दै रकम माग गरेको र रकम नदिएमा मुद्दा हराई दिने धम्की समेत दिई नगद १ करोड २८ लाख रूपैयाँ ठगी गरी फरार रहेको खुल्न आएको छ ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।