सुनको भाउ फेरि हालसम्मकै उच्च, एक तोला किन्न कति रकम चाहिन्छ ?

सुनको भाउ फेरि हालसम्मकै उच्च, एक तोला किन्न कति रकम चाहिन्छ ?


काठमाडौँ । लगातार बढिरहेको सुनको मूल्यले नेपाली बजारमा आज (मंगलबार) पुनः नयाँ रेकर्ड कायम गरेको छ । आज सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँ पुगेको छ।

सोमबारको तुलनामा मंगलबार भने सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँ बढेको हो।

यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय पाँच रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।