चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने जापानका प्रधानमन्त्रीको भनाइ

चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने जापानका प्रधानमन्त्रीको भनाइ


जापानका प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि चुनावमा आफ्नो गठबन्धनले अपेक्षित नतिजा नल्याए पनि सरकारको नेतृत्वमा रहिरहने बताउनुभएको छ ।

इशिबाले अक्टोबर १ मा पदभार ग्रहण गरेको केही दिनपछि अक्टोबर २७ का लागि चुनावको घोषणा गर्नुभएको थियो । सन् १९५५ देखि जापानमा शासन गरिरहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले चुनावमा बहुमत गुमाएको छ । चुनावमा एलडीपीले एक सय ९१ सिट र सबैभन्दा ठूलो विपक्षी दल सीडीपीले एक सय ४८ सिट जितेका छन् ।

आफ्नो दलले बहुमत गुमाएसँगै प्रधानमन्त्री इशिबाले ‘राजनीतिक शून्यता’ हुन नदिने बताउँदै सत्तामा रहिरहने प्रतिबद्धता जनाउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । उहाँले सबैभन्दा ठूलो चुनावी कारक पार्टीका जिम्मेवार नेता नै आर्थिक अनियमिततासँग जोडिएका मुद्दामा संलग्न भएको देखिनु रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री इशिबाले आफूले पैसा र राजनीतिको विषयमा आधारभूत सुधार गर्ने भन्दै मतदाताहरूले पार्टीमाथि कठोर निर्णय दिएका बताउनुभयो ।

राजनीतिक अनिश्चितताका कारण जापानी मुद्रा येनको मूल्य गएको तीन महिनायताकै सबैभन्दा कम विन्दुमा झरेको छ ।