भुटानमाथि गोल वर्षा गर्दै साविक विजेता बंगलादेश फाइनलमा

भुटानमाथि गोल वर्षा गर्दै साविक विजेता बंगलादेश फाइनलमा


काठमाडौं। साविक विजेता बंगलादेश नेपालमा जारी साफ महिला फुटबल च्याम्पियनसिपको फाइलन पुगेको छ। दशरथ रंगशालामा आइतबार भएको खेलमा बंगलादेशले भुटानलाई ७-१ गोलले हरायो।

बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरिन् भने सबिना खातुनको नाममा दुई गोल रह्यो। ७ औँ मिनेटमा रितु पोर्ण चक्माको गोलमा बंगलादेशले सुरुवाती अग्रता लिएको थियो।

१५ औँ मिनेटमा पहिलो गोल गरेकी तोहुराले ५८ औँ मिनेटमा ह्याट्रिक पुरा गरेकी थिइन्। बंगलादेश पहिलो हाफमै ५-१ गोलले अगाडि थियो।
बंगलादेशले उपाधिका लागि अब नेपाल र भारतबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।