रविलाई प्रतिशोधले पक्रिएको होइन : शंकर पोखरेल

रविलाई प्रतिशोधले पक्रिएको होइन : शंकर पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले रास्वपा सभापति रवि लामिछानेलाई कुनै राजनीतिक प्रतिशोधको आधारमा पक्राउ नगरीएको बताएका छन्। उनले बालुवाटरमा सत्तापक्षको बैठकपछि संचारकर्मीहरूको प्रश्नको जवाफमा यो कुरा उल्लेख गरेका हुन्।

पोख्रेलले यो पक्राउलाई राजनीतिक प्रतिशोधको रूपमा नबुझ्न र सहकारी छानविनको प्रतिवेदनको कार्यान्वयनको रूपमा लिनुपर्ने स्पष्ट पारे। उनले रास्वपालाई न्यायिक प्रक्रियामा असर नपार्ने गरी सडक आन्दोलन नगर्न पनि आग्रह गरे।

संसदीय छानविन समितिको निर्देशनअनुसार कारवाही अघि बढ्दा प्रश्न उठाउनु उचित नहुने बताए।

सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका रवि लामिछाने ६ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन्।