काठमाडौँ । प्रभु इन्सुरेन्स कम्पनीका अध्यक्ष तथा उद्योग व्यवसायी राजेन्द्र मल्लले नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको बताउनुभएको छ ।
‘मुलुकको बाह्य सुचक सकारात्मक रहेपनि मुलुकको अर्थतन्त्र सकारात्मक हुन सकिरहेको छैन’ उहाँले हेर्नेपोस्टलाई भन्नुभयो । आन्तरिक तर्फ उद्योग कल कारखानाहरु स्वस्फुर्त रुपमा चलाएमान हुन नसकेको उहाँले बताउनुभयो । नेपालको अर्थतन्त्रलाई सवलीकरण बनाउन अहिलेको सरकारले गम्भिरताका साथ लागिपर्नुपर्ने उहाँले बताउनुभयो ।
अहिले देशमा नेपालका दु्ई ठुला राजनीतिक दल छन् नेकपा एमाले र नेपाली कांग्रेस यो सरकार निकै आशा लाग्दो र स्थायी आर्थिक नीति ल्याउन आवश्यक रहेको बताउनुभयो । सरकारी कामहरु पनि टाइम बाउण्ड एक्सन प्लानमा गरिनुपर्ने आजको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । नेपालमा डिमाण्ड नै घटेको बताउनुभयो । दैनिक २१ सय युवायुवति बैदेशिक रोजगारीका लागी विदेश पलाएन भएका कारण देशको दक्ष योग्य जनशक्ति विदेशिनु दुखद कुरा रहेको उहाँले बताउनुभयो ।
डिमाण्ड घटेपछि उद्योगधन्दा खस्किदै भयो उहाँले भन्नुभयो । उद्योग धन्दाहरु चलायमान गर्नका लागी युवा जनशक्तिलाई पलायन हुनबाट रोक्न सक्नुपर्ने उहाँले बताउनुभयो । विदेशिएका नेपालीहरुको सिप र क्षमता नेपालमै खर्च गर्नुपर्नेमा उहाँले जोठ दिनुभयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नै उद्योग धन्दा स्थापना गर्नुपर्ने बताउनुभयो ।
भिडियो सहित



प्रतिक्रिया