ग्लोबल आईएमई बैंकका ग्राहकले एजिलस डायग्नोस्टिकमा १५ प्रतिशत छुट पाउने

ग्लोबल आईएमई बैंकका ग्राहकले एजिलस डायग्नोस्टिकमा १५ प्रतिशत छुट पाउने


ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले एजिलस डायग्नोस्टिक नेपालमा उपलब्ध प्याथोलोजी परीक्षण शुल्कमा १५ प्रतिशत छुट पाउने भएका छन् ।

छुट सम्बन्धी समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख बजार व्यबस्थापक दिलीप पोखरेल र एजिलस डायग्नोस्टिक नेपाल प्रालिका फाइनान्स प्रमुख दिपक खड्काले हस्ताक्षर गरे ।

समझदारी अनुसार बैंकका ग्राहकले एजिलस डायग्नोस्टिक नेपालमा उपलब्ध ल्याबसम्बन्धी सेवा बापतको भुक्तानीका लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका योजना ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको बैंकले जनाएको छ ।