वीर अस्पतालका १२ स्वास्थ्यकर्मी सम्पर्कविहीन, ३० दिनभित्र नआए कारवाही गर्ने

वीर अस्पतालका १२ स्वास्थ्यकर्मी सम्पर्कविहीन, ३० दिनभित्र नआए कारवाही गर्ने


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीर अस्पतालका केही कर्मचारी सम्पर्कविहीन भएका छन् ।

लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेकाले अस्पतालको सम्पर्कमा नआएका डाक्टर, नर्स र अनमीको खोजी सुरु गरेको हो ।

अस्पतालले न्याम्स अन्तर्गत एक जना चिकित्सक र पाँच जना स्टाफ नर्स गरी कुल छ जनाको नाममा तीस दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ ।

तोकिएको अवधिमा उपस्थित नभए प्रतिष्ठानको ९कर्मचारी सेवाका सर्त तथा सुविधा सम्बन्धी० नियमावली, २०६५ को नियम १३३ को उपनियम ९घ० बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।