नेपाल एसबिआई बैंक र आगन्तुक रिसोर्ट धुलिखेलबिच सम्झौता

नेपाल एसबिआई बैंक र आगन्तुक रिसोर्ट धुलिखेलबिच सम्झौता


काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेड र आगन्तुक रिसोर्ट प्रा.लि. , धुलिखेलबिच सम्झौता भएको छ ।

बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी आवास सुविधामा १५५ र खाद्य तथा पेय पदार्थमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा र आगन्तुक रिसोर्टका बरिष्ठ प्रबन्धक सरस्वती गुरुङले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत, यादवेंद्र कान्त, सल्लाहकार, छपिराज पन्त, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा रिसोर्टका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।