दशैंलाई खर्च जुटाउदैँ लोकप्रिय गायक घमेश दुलाल

दशैंलाई खर्च जुटाउदैँ लोकप्रिय गायक घमेश दुलाल


काठमाडौं। लोकप्रिय तथा चर्चित लोक दोहोरी गायक घमेश दुलालको दशैं गीत ‘खर्च दशैलाई’ सार्वजनिक हुने भएको छ ।

गायक दुलालले दशैंमा गरिबले खर्च जुटाउन नसक्दाको दुख, छोराछोरी लाई नयाँ लुगा किन्न लाउन खान दिन नसक्नुको पिडा उजागर गरेर खर्च दशैंलाई बोलको गीत तथा भिडियो तयार पारेका छन् ।

पचास साठ्ठीको दशक लोक दोहोरी क्षेत्रमा राज गरेका गायक घमेश दुलाल र स्वरकी शारदा रसाइलीको निकै मधुर आवाज रहेको यस गीतमा शब्द साजन पराजुलीको रहेको छ ।

गीतमा एरेञ्ज तथा संगीत सुफिक्स मदनको रहेको छ भने निर्देशन उमेश कार्की यु के को रहेको छ । उक्त गीतको छायाङकन साजन पराजुलीको रहेको छ भने गितको सम्पादन रोशन धितालले गरेका हुन् । त्यस्तै गीतको व्यवस्थापन अमन दुलालले गरेका छन् ।

गीतमा हिराकाजी सेञ्चुरी र संगिता अधिकारीको दम्दार अभिनय रहेको छ भने भिम बगाले, मनोज केशी लगाएत बाल कलाकार आशिन अधिकारी र युनेश कार्कीको उत्तिकै राम्रो अभिनय रहेकोे छ ।

एरिका डिजिटल स्टुडियोमा  रेकडिङ तथा साझा क्रियसन प्रा. लि द्वारा निमार्ण गरिएको उक्त “खर्च दशैंलाई” बोलको गीत गायक घमेश दुलालको युटुव च्यानलमार्फत छिट्टै सार्वजनिक हुँदैछ ।