सामसुङले ग्राहकहरुको बढ्दो मागलाई मध्यनजर गर्दै थप सुविधासम्पन्न ‘इन्स्टा फाइनान्स’को नयाँ सफ्टवेयर लन्च गरेको छ।
आज कलङ्की स्थित दृश्य होटलमा आयोजित कार्यक्रमा हुलास इन्स्टा फाइनान्स कम्पनीका प्रतिनिधिद्वारा नया सफ्टवेयरमार्फत ग्राहकलाई थप छिट्टोछरितो सुविधा उपलब्ध गराउन सकिने बताए । अब ग्राहकले बिना झन्झट एक वर्षको किस्तावन्दीमा एक घण्टाभित्र सामसुङको पन्ध्र हजार माथिका जुनसुकै मोबाइल सेट प्राप्त गर्न सक्ने छन् ।
सामसुङको आक्रामक बजार नीति अनुसार 0% ब्याजमा सबै प्रयोगकर्ताको हात हातमा मोवाइल फोन पुर्याउन लक्ष्य सहित कम्पनीले यो अवधारणा ल्याएको हो।
प्रतिक्रिया