काठमाडौँ । गायक ईश्वर पोखरेल ‘अविरल’ र गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘खोकी लाग्दा हर्रो’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा अभिनेत्री प्रियंका कार्की र निर्देशक गम्भीर विष्टको अभिनय देख्न सकिन्छ ।
संगीतकार प्रमोद पन्तको संगीतमा बनेको यस गीतको शब्द पोखरेली कवि तथा गीतकार शिव पलाँसले लेखेका हुन् । योगेशकाजी शाहको संगीत संयोजन रहेको गीतको रेकर्डिङ र मिक्सिङ मनोज परियारले गरेका हुन् ।
अमृता रिजाल निर्माता रहेको भिडियोको निर्देशन र कोरियोग्राफी मोडल विष्टले नै गरेका हुन् । भिडियोको रंग संयोजन र सम्पादन प्रविन भट्टले गरेका हुन् । भिडियो गायक पोख्रेलकै युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया