काठमाडौँ । भक्तपुरको नगरकोटमा रहेको होटल भ्यु पोइन्टमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले २० प्रतिशत छुट पाउने भएका छन् ।
छुट पाउन भने सांग्रिला बैंकका ग्राहकले भिसा डेबिट कार्ड वा मोबाइल बैंकिङको प्रयोग गर्नुपर्नेछ । सांग्रिला बैंक र भक्तपुरको नगरकोटमा रहेको होटल भ्यु पोइन्टबीच बैंकका ग्राहक, शेयरधनी र बैंकका कर्मचारीलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतामा बैंकका काठमाडौं क्लष्टर प्रमुख सुप्रिया श्रेष्ठ र होटलका तर्फबाट होटलका प्रबन्धक निर्देशक दिनेशभक्त श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका शेयरधनी र कर्मचारीले भने २५ प्रतिशत कर्पोरेट छुट पाउने बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले जानकारी दिए ।
सम्झौताले बैंकमा कार्यरत कर्मचारी र ग्राहकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।



प्रतिक्रिया