काठमाडौं । सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच क्यान्सर रोगको विस्तारित सेवा संचालन गर्ने सम्बन्धी समझदारी भएको छ।
प्रादेशिक अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्का र बीपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी लगाएतको उपस्थिती रहेको थियो।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार बिस्तार गर्ने घोषणा गरेका थिए। सोही उनुरुप कोशी प्रदेशबाट उक्त सेवा सुरुवात गरेका थिए।
महिनाको कम्तीमा एकपटक सेवा सञ्चालन गरिनेछ। विस्तारित सेवामा बहिरङ्ग, अन्तरङ्ग एवं उपचार समेत समेटी सेवा प्रदान गरिनेछ।
यो समझदारी पत्र २०८१ साल भाद्र १८ गतेदेखि २०८२ असार मसान्त सम्म लागू हुनेछ।



प्रतिक्रिया