काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीको कर्पोरेट कार्यालय, बालकुमारी, ललितपुरमा आयोजित एक कार्यक्रमका बिच कान्तिपुर फर्मास्यूटिकल्स ल्याबको तर्फबाट संचालक श्री नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले जारी पूँजीको १४.८६ प्रतिशत अर्थात ११,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागिएको हो ।
सन् २०१८ सालमा स्थापित भएको यस कम्पनीले औषधी व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरी भेटेरिनरी सम्बन्धीे औषधीहरुको अनुसन्धान तथा आहारपुरक सप्लिमेन्टस् उत्पादन गर्दै बिक्री वितरण गरीरहेका छन् । कम्पनीले उत्पादन गरी रहेका औषधीहरु विश्व स्वास्थ्य संगठनले सिफरिस गरेको ढाँचामा (Good Manufacturing Practices (GMP) tyf FAMI QS (Feed Addititives and Pre-Mixture Quality System) अनुसार प्रमाणीकरण प्रमाणपत्रहरु प्राप्त गरी नेपाल तथा अन्र्तराष्ट्रिय बजारमा बिक्री बितरण गर्ने लक्ष्य रहेको छ । हाल कम्पनीले औषधी व्यबस्था विभागबाट ६१ वटा औषधी उत्पादन र १३ वटा औषधी बिक्री वितरण प्रमाण पत्र प्राप्त गरिसकेको साथै २१ वटा आहारपुरक सप्लिमेन्टस उत्पादन गर्दै आइरहेको छ ।
नेपाल तथा अन्तर्राष्ट्रिय बजारको पशु स्वास्थ्यमा योगदान पु¥याउने मुख्य उद्देश्यका साथ सञ्चालनमा रहेका यस कम्पनीले भेटरीनेरी औषधी उद्योगहरु अन्तर्गत सर्वसाधारणहरुमा शेयर निष्काशन गर्ने यो पहिलो औषधी उद्योग हो ।



प्रतिक्रिया