एनआईसी एसिया बैंकले ल्यायो अनलाइन पोर्टल, लिलाम बिक्री सम्बन्धी सबै जानकारी दिईने

एनआईसी एसिया बैंकले ल्यायो अनलाइन पोर्टल, लिलाम बिक्री सम्बन्धी सबै जानकारी दिईने

काठमाडौं । एनआईसी एसिया बैंकले बैंकिङ्ग तथा गैरबैंकिङ्ग सम्पत्तिहरू तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री गर्न अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।

यस पोर्टलमार्फत ग्राहकले लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको विवरण, फोटो, नक्सा र गुगल म्याप सहितको जानकारी पाउन सक्ने बताइएको छ ।

साथै, थप जानकारीका लागि म्यासेज पठाउन सकिने सुविधा पनि उपलब्ध छ ।