डेढ लाख नाघ्यो सुनको मूल्य, अझै कति बढ्ला ?

डेढ लाख नाघ्यो सुनको मूल्य, अझै कति बढ्ला ?


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छ।

यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँसम्म उक्लिएको थियो।

सोमबार तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर रेकर्ड कायम भएको हो।
यस्तै चाँदीको मूल्य तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ।