जापानमा ७.१ म्याग्नेच्‍युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्नेच्‍युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


काठमाडौं । जापानमा ७.१ म्याग्नेच्‍युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहीबार दिउँसो मियाजाकी तटबाट करिब २० माइल टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको बताइएको छ ।

शक्तिशाली भूकम्प गएसँगै जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको एड्भाइजरी जारी गरेको जापानका सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

मियाजाकी, कोची, ओइटा, कागोशिमा र इह्मी प्रिपेक्चरहरूमा सुनामी आउन सक्ने भन्दै सचेत रहन सूचना जारी गरिएको हो।

त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई समुन्द्र किनारबाट टाढा रहन अनुरोध गरिएको छ।