९३ प्रतिशतले बढ्यो प्रभु बैंकको नाफा

९३ प्रतिशतले बढ्यो प्रभु बैंकको नाफा


काठमाडौं । गत आर्थिक वर्ष २०८०–८१ मा प्रभु बैंकको नाफा ४ अर्ब ४८ करोड रूपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्ष २०७९–८० को सोही अवधिको तुलनामा यो ९३.७५ प्रतिशतले धेरै हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले मात्रै २८ करोड नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी बढेको र प्रावधान रकम घटेकोले नाफामा वृद्धि भएको हो।

बैंकको खुद ब्याज आम्दानी १९ प्रतिशतले बढेर १२ अर्ब रूपैयाँ पुगेको छ।

यस्तै, यसअघि ५ अर्ब २१ करोड रूपैयाँ प्रावधानमा राखेकोमा यसपटक ५५ करोड राखेको छ।