काठमाडौँ — बैंकिङ प्रणालीमा अधिक तरलता, लगानीयोग्य रकम थुप्रिने क्रम नरोकिएपछि नेपाल राष्ट्र बैंकले आइतबार पुनः ४० अर्ब रुपैयाँ निक्षेप तान्न लागेको छ । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत उक्त रकम खिच्न लागेको हो । हाल कुल निक्षेप ७७ खर्ब रुपैयाँ नाघिसकेको अवस्थामा ब्याजदरलाई स्थिर राख्न र तरलता व्यवस्थापन गर्न राष्ट्र…