भक्तपुर । अब सूर्यविनायकमा रातको समय पनि दिनको जस्तै चम्किलो हुन थालेको छ ।सूर्यविनायकको बुद्धबस्ती टोलमा स्मार्ट लाइट जडान गरिएसँगै टोल झलमल्ल बनेको हो ।
पत्रकार संगीता अधिकारी के.सी को पहल र नगरपालिकाका प्रमुख वासुदेव थापाको विशेष अग्रसरतामा टोलमा १५ वटा अत्याधुनिक स्मार्ट सडक लाइट जडान गरिएको हो।
जसले गर्दा यो क्षेत्रको मुहार नै फेरिएको स्थानीय बासिन्दाको भनाइ छ। हिजोसम्म रातीको समयमा अन्धकारका कारण चोरी हुने डरले चिन्तित स्थानीयहरू स्मार्ट लाइट जडान गरिएपछि भने दंग छन्।
स्थानीयले विकासप्रेमी नगरप्रमुखलाई धन्यवाद समेत दिएका छन्।




प्रतिक्रिया