काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा १० खर्ब ८२ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आइतबार चैत मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै बैंकले अघिल्लो वर्षको यसै अवधिको तुलनामा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि हुँदै १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ भित्रिएको जनाएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह…