भक्तपुर । सूर्यविनायक नगरपालिकाको आयोजनामा सञ्चालन भएको तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । आज अन्तिम दिन कबड्डी, एथलेटिक्स, कराते र भलिबल तर्फका फाइनल खेलहरू सफलतापूर्वक सम्पन्न भएका छन्। प्रतियोगितामा एथलेटिक्स, भलिबल, तेक्वान्दो, कबड्डी, उसु र कराते गरी जम्मा ६ वटा खेल विधा समावेश गरिएको थियो। नगरपालिकाका विभिन्न स्थान तथा वडास्थित खेलमैदानहरूमा…