संगिता अधिकारी ।
उज्यालो पार्टीका नेता रामेश्वर श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ९ बाट उज्यालो नेपाल पार्टी का तर्फबाट रामेश्वर श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन ।
आज निर्वाचन कार्यालय पुगेर श्रेष्ठले आफ्नो दर्ता उम्मेदवारी दर्ता गराएका हुन । उम्मेदवारी मनोनयन दर्ता गरेसँगै उनले राम्रो काम गर्ने मान्छेलाई यो निर्वाचनमा मतदान गर्नुपर्ने बताए । पार्टीका अध्यक्ष कुलमान घिसिङ देशको प्रधानमन्त्री बनेर देशको विकासमा लाग्ने धारणा राखे ।
यो चुनावमा हाम्रालाई भन्दा राम्रालाई काम गर्ने मान्छेको खाँचो रहेको उनले बताए । त्यसैले आफ्नो उम्मेदवारी देशको विकास, स्थायित्व, भ्रष्ट्राचारको अन्त्य शुसासन समृद्ध देश निर्माणमा रहेको उल्लेख गरे । काठमाडौं क्षेत्र नम्बर ९ का नागारिकले चिम चिन्हमा मतदान गरि जिताउन उनको आग्रह छ ।




प्रतिक्रिया