मध्यपूर्व खाडी क्षेत्र मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार विश्वव्यापी तेलको मूल्यमा व्यापक वृद्धि भएको छ । एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय अमेरिकी डलर नाघेको छ, जसले विश्व अर्थतन्त्रमा नयाँ चुनौती थपेको छ ।यो मूल्यवृद्धि अमेरिका–इजरायल र इरानबीच जारी तनावको प्रत्यक्ष परिणाम हो । ऊर्जा ढुवानीका लागि विश्वकै सबैभन्दा…