२९ बर्षदेखी नवजात शिशुको अप्रेशन गर्ने चिकित्सक, जहाँ आउँछन भारतबाट पनि बिरामी (भिडियो सहित)

२९ बर्षदेखी नवजात शिशुको अप्रेशन गर्ने चिकित्सक, जहाँ आउँछन भारतबाट पनि बिरामी (भिडियो सहित)


विगत २९ बर्षदेखी नवजात शिशु तथा १८ बर्ष सम्मका मलद्धार नभएका शिशुको उपचार सेवामा आवद्ध हुनुहुन्छ प्रोफेसर डाक्टर रामनन्दन प्रसाद चौधरी । हाल इसान बाल तथा महिला अस्पतालमा कार्यकारी निर्देशक समेत रहनुभएका डा.चौधरी सँग आज हामीले बालबालिकामा के कस्ता रोग देखा पर्दछन्, नवजात शिशुको उपचार कसरी गरिन्छ आदि बिषयमा हामीले कुराकानी गरेका छौ ।

पछिल्लो समयमा बालबालिकामा कस्ता खालका रोग देखापरेका छन् ?
अहिलेको समयमा बालबालिकामा विभिन्न किसिमका रोगहरु देखा पर्ने गरेका छन् । पछिल्लो समयमा जङफुडका कारण सानै उमेरमा नै बालबालिकामा पिसाब थैलिमा समस्या, आन्द्रा क्यान्सर, हरनियाको समस्या, किड्नि सुनिने वा किड्निमा टियुमर हुनेजस्ता रोगहरु लाग्ने गरेका छन् । बालबालिकामा लाग्ने यस्ता रोगहरुको उपचार र नेपालमा आज सम्म कुनै अस्पतालले गर्न नसकेको पिसाब थैलिको उपचार गरेर विगत कयौं बर्ष देखि विभिन्न सेवा दिदै आईरहेको अस्पताल हो, इसान बाल तथा महिला अस्पताल । इसान बाल तथा महिला अस्पतालले बालबालिकामा लाग्ने कस्ता कस्ता किसिमका रोगहरुको उपचार गर्दै आईरहेको छ त भन्ने बिषयमा केन्द्रित रहित सोहि अस्पतालका कार्यकारी निर्देशक, प्रमुख तथा डाक्टर राम नन्दन प्रसाद चौधरी सँग गरिएको बिशेष कुराकानी।
इसान बाल तथा महिला अस्पतालमा कस्ता कस्ता समस्या लिएर आउँछन बिरामी ?
बालबालिकामा दिसा गर्ने प्वाल नहुने समस्या, आन्द्रमा नसाको कमि, पेट फुल्ने समस्या, क्यान्सर वा ट्युमरको समस्या, मृगौला सुन्निने वा मृगौलामा ट्युमर हुने, निउरोपाल्सटुमा, स्वास नलि जोडिने समस्या, हर्नियाको समस्या, एपेन्डिसाइटि, किडनिमा हुने क्यान्सर, हुम्सटिउमर, आन्द्रा बटारिने आदि विभिन्न किसिमका रोगहरु देखा पर्न थालेका छन् ।
नेपालमा मात्र होइन बिदेशबाट पनि उपचारका लागी मान्छे आउने गरेका छन  ?
हो, भारतबाट समेत उपचारका लागि इसान बाल तथा महिला अस्पतालमा आउने गरेका छन् ।बच्चाको पेटभित्र बच्चा भएको केस छ भने यो अस्पताले सर्जरि गर्ने गरेको छ । दुबै किड्नि फेल भैसकेको बच्चाको उपचार पनि यस अस्पतालले गरेको छ । आन्द्रामा क्यान्सर भएको बच्चाको उपचार यस अस्पतालले गरेको छ । पसाब थैलिमा समस्या भएको व्यक्तिको उपचार पनि हुन्छ । नेपालमा आज सम्म कुनै अस्पतालले गर्न नसकेको पिसाब थैलिको उपचार यस अस्पतालले गरेको छ ।
एपेन्डिसाइड बच्चामा के कारणले हुन्छ यसको समाधानको उपाय के के हुन् ?
बच्चामा एपेन्डिसाइड धेरै मात्रामा जङफुडको सेवन गर्नाले , घरमा बनेका खानेकुरा भन्दा बाहिरि खाना अस्वस्थ खाना खानाले यो रोग लाग्छ । जसले गर्दा समयमा नै रोग पत्ता लगाई उपचार गराउनुपर्छ, बाल रोग चिकित्सक सँग परार्मस लिने, समयमै उपचार गराइ यस्ता रोगबाट छुट्कारा लिन सकिन्छ ।
इसान बाल तथा महिला अस्पतालमा के के सुबिधा उपलब्ध छ ?
इसान बाल तथा महिला अस्पतालाई आमा र बच्चाको लागि राम्रो अस्पतालको रुपमा चिन्निछ ।यस अस्पतालमा आमा र बच्चाको राम्रो हेरचाह गरिन्छ । सुत्केरि आमाको उपचार गरिन्छ ।बाल सर्रजरिको लागि प्रख्यात अस्पताल, टिमओर्कको सुबिधा रहेको छ । जस्तै बेहोस गर्ने डाक्टर, एसिस्ट गर्ने सर्जन, बच्चाको सर्जरिसँग सम्बन्धित नर्स सगन उपचार कक्ष अथवा आईसियु पिआइसियु,पोष्टअपरेटिभ वार्ड,आदिको सुबिधा र जुनसुकै समयमा पनि उपचार दिने गरिएको छ । फलोअप रगर्न समय समपेक्षित टेक्नोलोजिको सुबिधा रहेको छ । लेकिसकोभको सुबिधा, सिस्टोबको सुबिधा, इन्डसकोपि र कोलोनसको सेवा रहेको छ ।
बालबालिकामा ग्यास्ट्रिकको समस्या हुन्छ कि हुँदैन हुन्छ भने के कारणले हुन्छ ?
बालबालिकामा ग्यास्ट्रिकको समस्या जङफुड वा अस्वस्थ खानेकुरा खाने, समयमा खानेकुरा खानाले हुन सक्छ, तर प्रायजसो चाँहि पेटमा ग्याँस हुनुचाहि ग्यास्ट्रिक होइन । पेटमा ग्यास जम्ने समस्या दिसा समयमा नगरेर अथवा इन्ड्राइजेन हुने समस्या हो । त्यस्तै इसान बाल तथा महिला अस्पताल नेपालको सबैभन्दा राम्रो अस्पतालमा पर्छ । बाल शल्य चिकित्सा र बाल शर्जरिका लागि प्रख्यात अस्पताल हो । चौबिसै घण्टा सेवामा लागि पर्ने अस्पताल हो । आवश्यक पर्ने सम्पूर्ण औजारको राम्रो व्यवस्था रहेको छ ।
उपचार गर्दा आईपर्ने चुनौति के–के छन् ?
समयमा चेकअप नहुनु, रोग पत्ता लाउन कठिनाइ, गलत सुचना प्रवाह, लापरबाहि आदि रहेको छ ।
भर्खरै जन्मेको बच्चामा सर्जरी कसरी हुन्छ ?
बच्चालाई न्यानो बनाउने, गुलकोजको मात्रा ठिक पार्ने, पानीको मात्रा ठिक पारेर सर्जरी हुन्छ । सर्जरी गरिसकेपछि उसको अपरेसन थेयटरको तापक्रम ठिक हुनुपर्छ ।अपरेसन छिटो गर्नुर्पछ किनभने ढिला गरियो भने पछिको रिजल्ट नराम्रो आउने सम्भावना बढि हुन्छ । पेरडिक सर्जरी पढेको व्यक्ति हुनुर्पछ । अनुभवि हुनुर्पछ । टिम र्वकमा बच्चालाई गुणस्तरिय सेवा हुनुर्पछ ।

किड्निमा पानी के कारणले जम्छ ?
मृगौला जोडिएको भाग खुम्चिदा, केटाको पिसाब नलिमा पर्दा हुन्छ त्यसमा ठोक्किएर माथि आउदा, पिसाब बाहिर नआई उल्टो फर्किदा यस्तो समस्या हुन्छ ।
बालबालिकामा सबै भन्दा बढि देखिएको रोग के हो ?
६० प्रतिशत बालबालिकामा युरोलोजिको समस्या देखापरेको छ ।
बच्चाको आन्द्रामा दिसा किन जम्छ र यसो हुन नदिन के गर्नुपर्छ ?
बच्चाको आन्द्रामा नसाको कमि हुदा यस्तो हुन्छ । समयमा उपचार भएन भने ज्यान जाने सम्भावना हुन्छ । समयमा दिसा नगर्दा पनि यो समस्या देखा पर्छ ।
समयमै दिसा गर्ने ,हरियो साग सब्जि र गेडागुडि खुवाउनु र्पछ, जङफुडमा कमि गर्नुर्छ, समयमा उपचार गरियो भने यसबाट बच्न सकिन्छ ।

भिडियो हेर्नुहोस्