किवानीज नेपाल उपजिल्ला गभर्नर २०२५-२०२६ का लागि सिताराम विष्टको उम्मेदवारी

किवानीज नेपाल उपजिल्ला गभर्नर २०२५-२०२६ का लागि सिताराम विष्टको उम्मेदवारी


काठमाडौं । आगामी ७ औं जिल्ला अधिवेशन (अगस्ट ३०, २०२५) नजिकिँदै गर्दा, किवानीज नेपाल भित्र नयाँ नेतृत्व चयनको तयारी तीव्र हुँदै गइरहेको छ। यस पटक उपजिल्ला गभर्नर पदका लागि दुई अनुभवी, शान्तिप्रिय र सेवामुखी उम्मेदवारहरू सिताराम बिष्ट र भरत प्रसाद ढुंगेल बिच चुनावी प्रतिस्पर्धा हुँदै छ ।

सीताराम बिष्ट जो किवानीज नेपालको बाल अधिकार रक्षक भएर लामो समयदेखि सक्रिय छन्। बिष्टले आफ्नो जीवनको उत्तरार्धमा समाजसेवा मा सक्रिय रही काम गर्ने उद्देश्यका साथ किवानिज नेपालमा आबद्ध भएर निरन्तर रूपमा काम गर्दै आएका छन्।

भोलि हुने निर्वाचनमा बिष्ट बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका छन्।
वर्तमान उपजिल्ला गभर्नर पनि रहेका सीताराम विष्ट विगतदेखि बाल अधिकार र कल्याणका लागि समर्पित नाम हुन्। बुद्धको करुणा र दया जस्तै, विष्टले “सानो मुस्कान, ठूलो प्रभाव” को आधारभूत मन्त्रलाई अँगालेका छन् र सानो कामबाट ठूला परिवर्तनहरू सम्भव छन् भनी आश्वासन दिइरहेका छन्।
सीताराम बिष्टले आफ्नो चुनावी प्रतिबद्धता पत्रमा
गरिब बालबालिकाको शिक्षा र स्वास्थ्यमा लगानीको वातावरण बनाउन पहल गर्ने ,किवानीज बाल उद्यान केन्द्रको निर्माण र जिल्ला कार्यालयको निर्माण आफ्नो कार्यकालमा सम्पन्न गर्ने,संस्थागत पारदर्शिता र दिगो नेतृत्वको पद्धति बसाल्ने, आपत्कालीन उद्धार केन्द्र स्थापना गर्ने,सामाजिक क्षेत्रमा दीर्घकालीन कार्यक्रमको विकास गर्ने,किवानी क्लबहरूलाई सशक्त र एकताबद्ध गर्नेको उनको मुख्य चुनावी एजेण्डा रहेको छ ।