नेपालमा पहिलो पटक न्युरोलोजी सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । नेपलिज एकाडेमी अफ न्युरोलोजीको आयोजना जेठ ५ र ६ गते ९मार्च १८ र १९० अन्तराष्ट्रिय सम्मेलन हुने लागेको छ । नेपालमै पहिलो पटक आयोजना हुन लागेको अन्तराष्ट्रिय सम्मेलनमा विभिन्न देशका नसा रोग विशेषज्ञहरुको सहभागिता रहनेछ । सम्मेलनको पूर्व सन्धामा शुक्रबार विशेषज्ञ चिकित्सकहरुले सिपमूलक तालिम प्रदान दिने आयोजकले जनाएको छ । सम्मेलनको उदेश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नसा रोग सम्बन्धी समस्या,उपचार र अभ्यास लगायतको बिषयमा छलफल हुनेछ ।
यस्तै नसा रोगको जटिल समस्याको पहिचान, परिक्षणको नयाँ प्रविधि, लक्षण र उपचारको बारेमा वैज्ञानिकबिच समेत छलफल हुनेछ । सम्मेलनको निष्कर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सिफारीस गर्ने नेपलिज एकाडेमी अफ न्युरोलोजीका अध्यक्ष प्रा। डा।कृष्ण कुमार ओलीले जानकारी दिनुभयो । नसा रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित भारत, अमेरीका, स्पेन, होल्याण्ड, श्रीलकां लगायत देशका तीन सय भन्दा बढी चिकीत्सकहरुको सहभागिता रहने आयोजकले जनाएको छ
प्रतिक्रिया