बुढानिलकण्ठ नगरपालिका वडा नं १३ ले निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ ले निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने


संगिता अधिकारी ।  बुढानिलकण्ठ नगरपालिका वडा नं १३ ले निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । वडा कार्यालयले यहि माघ १५ गते निशुल्क शिविरको आयोजना गर्ने भएको हो । उक्त शिविरमा मधुमेह जाँच उच्च रक्तचाप परिक्षण, मृगौला सम्बन्धि रोगको परिक्षण, उचाई र तौल परिक्षण गरिने कार्यालयले जनाएको छ ।

उक्त शिविर चुनिखेल स्वास्थ्य चौकीमा आयोजना गरिने भएको हो । ३० बर्ष भन्दा माथिका स्वस्थ्य व्यक्तिहरुका लागि नसर्ने रोगको परिक्षण गरिने कार्यालयले जनाएको छ । यो शिविरले नागरिकको स्वास्थ्य परिक्षणमा लाभदायक हुने वडाअध्यक्ष टिका नारायण श्रेष्ठको विश्वास छ ।

निशुल्क स्वास्थ्य सेवा लिन सम्पुर्ण वडावासी नागरिकमा वडाअध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो । उक्त शिविर ६ बजे देखी ११ बजे सम्म संचालन हुने छ ।