कथावाचक साइग्रेसका शब्द देखि फिल्मसम्मको यात्रा

कथावाचक साइग्रेसका शब्द देखि फिल्मसम्मको यात्रा


अभिषेक अधिकारी

भिडमा उभिँदा उनी अग्ला देखिदैनन न त ठूलो स्वरमा बोल्छन् । के तपाईंहरुले सामाजिक संजाल चलाउदै जाँदा मीठो पाश्वर्य संगित संगै साहित्यिक शब्दमा प्रेरणादायी वाक्यले मन लोभ्याउने भिडियो देख्नुभएको छ फेसबुक , युट्युब , टिकटक , इन्स्टाग्राम लगायतका माध्यममा देख्नुभएको छ भने युवाहरुको मनमनमा बस्न सफल साइग्रेस पोखरेलको नाम त पक्कै सुन्नुभएको छ।

संसारभर रहेका नेपालीका प्रिय बनिसकेका साइग्रेसले प्रस्तुत गर्ने कथा ,उनका शब्द र उनका कथामा प्रयोग भएका धुनसँग बालबालीका देखि युवा हुँदै बृद्धबृद्धा सम्मको प्रेम बसिसकेको छ । सपनासंगै मानिसका रहर , यात्रा , तृप्त हुने गर्दछ्न। अमुल्य सोचलाई स्थापित गराएर आफ्नो कलालाई जोड्न सक्नु नै जिवनको आवश्यकता हो। उनी बोल्दा शब्दहरु तौलिन्छन । सानैबेला देखि पोखरेलले साहित्य ,कथामा रुचि राख्ने गर्थे।
उनले सोच्ने गर्थे ,  एउटा शब्द लेखनले पनि कयौं भावलाई परिवर्तन गर्न सक्छ,। सन २००१ तिर पोखरेल कक्षा ७ सातमा पढ्दै थिए। विद्यालयस्तरमा विभिन्न वक्तित्वकला प्रतियोगिता, कथा लेखन , साहित्य आदिमा रुचि राख्ने गर्थे । सन्तोष पन्तको अभिनय रहेको प्रख्यात टेलिश्रीङखला  हिजो आजका कुरा लाई आधार मानेर  स्कृप्ट  तयार गर्न सक्छु भन्ने उनलाई लाग्थ्यो।

पोखरेलले आफू १९ बर्षको हुँदा स्वास्थ्य मन्त्रालयमा जागिर खाएका थिए। तर, लामोसमयसम्म उनलाई त्यो जागिर फापेन। समयले मोड लिदै जाँदा इच्छाशक्ति , हुटहुटी भने उनमा सधैं रहन्थ्यो। उनी अध्यात्ममा बढी रुचि राख्थे। साइबाबा को भक्त भएकाले उनको नाम साइग्रेस रहेको बताउँछन। आफ्नो प्रेरणाको श्रोत सदैव बुवालाई मान्ने गर्छन् । भाइ र उनलाई बुवाले कथा सुनाउने गर्थे। कक्षा ४ मा पढ्दै गर्दा विद्यालयले आयोजना गरेको कमेडी च्याम्पियनमा भाग लिएका थिए । उनले त्यस समयमा हाँस्य व्यङ्ग्य कविता लेखेका थिए जसमा प्रथम स्थान हासिल गर्न सफल भएका थिए।

आफ्नो कथा सुनाउने साथै अरुको कथालाई पुनरलेखन गरेर वाचन गर्ने साइग्रेसले थुप्रै प्रेरणादायी भिडियो समेत आफ्नै युट्युव च्यानलमा राख्ने गरेका छ्न। उनले साइग्रेस संग मनका कथामा दर्शले पठाएका अनुभवलाई दर्शाउने गर्छन् । जिन्दगीमा पैसा संगै धैर्यता , लगनशीलता र सत्कर्मले पाएका दर्शकको माया नै पहिलो हो, उनी बताउँछन। कथावाचनमा रुचि राख्ने पोखरेलले पहिलोपटक सन २०१२ मा सुरुवात गरे।  साइबाबा संगठन नेपाल ले राष्ट्रिय युवा सम्मेलनका बेला उनले कथा वाचन गरे । म सक्छु भन्ने भाव बोकेका पोखरेलले प्रथम स्थान हासिल गरे। यो निरन्तरतालाई उचाईमा पुर्याउने संकल्प राखे।

सन २०१५ मा उच्च शिक्षाका लागि युरोपेली मुलुक डेनमार्कमा पोखरेलको आगमन भयो। उनलाई त्यसबेला उनी  सिने क्षेत्र मा पनि अग्रसर रहे। उनको जिवनको पहिलो लेख अधुरो प्रेम हो। उनलाई नयाँ शब्द कोर्न , कतैबाट साभार भएका आवाज सुन्न निकै रुचि लाग्ने गर्थ्यो। संघर्षलाई छिचोल्दै अघि बढ्ने हो भने सफलता प्राप्त गर्न सकिने सन्देश कथाहरूले दिइरहेका हुन्छन्’ उनी भन्छ्न ,‘थाकेको शरीरले मनोरञ्जन खोज्छ।

उनलाई डायरीमा शब्दको संग्राम लेख्ने , कथावाचन गर्ने , प्रतियोगितामा सुनाउने मात्र जाँगर चलेन आफ्नो आवाज डिजिटल प्ल्याटफर्म मार्फत सुनाउने योजनाका साथ सन २०१६ मै उनले युट्युब च्यानल खोलेका थिए तर त्यसबेलासम्म दर्शकको संख्या कम थियो। नेपथ्य पछाडी लुकेका शब्दको प्रकाश पार्ने हेतुले सन २०१८ मा स्पेनमा रहि कथावाचनलाई नै अग्रसरतामा जोड दिए। उनलाई समाजमा लुकेका कथा, प्रेम लगायतका मूल्य मान्यतालाई आफ्नो प्राथमिकता राख्थे। उनी भन्छ्न , जबसम्म म कथाहरुलाई जोड्न सक्दिन शब्दहरुमा पानी सरि पिउन सक्दिन,।

कोभिड महामारी चलिरहेका बेलामा पोखरेलले विभिन्न शब्द, गजल,कबिता,कथाहरुलाई समेटी भिडियो र अडियो मार्फत सामाजिक संजाल युट्युब र फेसबुकमा हाल्न थाले। बिस्तारै दर्शकको संख्या बढ्दै गयो जसले गर्दा नसोचेको माया पोखरेलले पाए । उनले रचेका शब्द साहित्यहरु आम मानिसको नितान्त भोगाइमा पर्न गयो।  नाइन्टिज किड, नौलो सुरुवात ,मेरो अधुरो प्रेम आदि रहेका छ्न। पोखरेलको जिवनमा मेरो अधुरो प्रेमको कथा नै जिवनको एक यस्तो मोड बन्न पुग्यो जहाँ उनले देखेको सपना साकार बन्न पुग्यो। बिस्तारै बिस्तारै उनको युट्युब च्यानलमा सब्सक्राइबर बढ्दै गयो।

उनको यात्रा टर्निङ पोइन्टमा तब पुग्छ वर्ड टुर विथ साइग्रेसु अर्थात शब्द संगको यात्रा केबल अडियो भिडियोमा मात्र नभइ बिश्वभर छरिएर रहेका नेपालीको माझ प्रत्येक्ष बसेर कर्कशध्वनिमा सुन्ने अवसर मिल्यो। जहाँ साइग्रेस पुग्छन् त्यहा युवाहरुको बाक्लो भिडले उनी प्रति प्रेमको हुटिङ बर्साउथे । स्कुल , कलेज पढ्ने युवायुवती उनका पछि सेल्फी लिन अघि सर्थे। उनको शब्द सुनी कतिका आँखा रसाउथे त कतिले अंगालोमा बेरिन तम्सिम्थे। सुमधुर आवाजका धनी र हँसिला साइग्रेसका शब्दमा पर्दा पछाडि लुकेका नोस्टाल्जिकु भाइब्स उत्पन्न हुने किसिमको अबिरल क्षण हुन्थ्यो।

नेपालका प्रमुख सहरहरु धनगढी , पोखरा, भरतपुर ,काठमाडौं लगायत धेरै स्थानमा उनले कथावाचन गर्ने , अनुभव सुन्दै शब्द साटासाट गर्ने अवसर पाए। युरोपका विभिन्न देशसंगै अमेरिका ,क्यानडा, अस्ट्रेलिया लगायत थुप्रै मुलुकमा यात्रा गरिसकेका छ्न। संघर्षलाई जितेर गइसकेपछि अवश्य सफलता मिल्छ भन्ने सन्देश प्राय मेरा कथाहरुले दिइरहेका हुन्छन्,’ पोखरेलले बताउदै आएका छन।

स्पेनको बार्सिलोनामा रहँदा सन २०१७ मा नेपालोनाु कम्पनी सुरुवात गरे। त्यसैबाट आफुलाई उकास्दै पोखरेलले जिम्मेवारीलाई छिचोल्दै अघि सारे। कथावाचन संगै उनी चलचित्र क्षेत्रमा समेत उदाएका छ्न। आउने माघ १६ गतेबाट  आ बाट आमा  चलचित्र रिलिज हुने भएको छ। म केही छु भने तपाईंको प्रेमले हो, पोखरेल बताउँछन। उनको पहिलो श्रब्य उपन्यास अधुरो प्रेम  समेत आउने चर्चा रहेको छ।

पोखरेलले थुप्रै पुरस्कार तथा अवार्ड समेत पाइसकेका छन्  युथ आइकन अवार्ड २०२२, सुदुरपश्चिम प्रदेश युवा परिषदबाट प्रशंसा पत्रु, सेभ द चिल्ड्रेन, संयुक्त राष्ट्रसंघका आवशिय संयोजकको हातबाट उनलाई सम्मानित गरिएको छ ।