जेस संस्कृति सम्पदा सिरपा गाइजूलाई

जेस संस्कृति सम्पदा सिरपा गाइजूलाई


भक्तपुर । जेस संस्कृति सम्पदा सिरपाबाट भक्तपुरका राजेश गाइजू सम्मानित हुने भएका छन् । जेन्युइन स्कुल देकोचा भक्तपुरले बुधबार पत्रकार सम्मेलन गरी स्कुलको ३० औं बार्षिकोत्सवको अवसरमा शुक्रबार उक्त सम्मान प्रदान गरिने जनाएको छ । स्कुलले पहिलो पटक यो वर्षदेखि यो पुरस्कारको स्थापना गरी सम्मानित गर्न लागेको जनाएको छ । पत्रकार सम्मेलनमा स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष योगेन्द्रमान विजुक्छेंले समाजमा योगदान गर्ने व्यक्तिहरुलाई सरकार ९स्थानीय०ले मात्रै कदर नगरी समाजको एउटा अंगको रुपमा रहेको स्कुलको पनि जिम्मेबारी हो भन्न सन्देशका साथ यो पुरस्कारको स्थापना गरेको जानकारी गराए । यो पुरस्कारलाई अव हरेक वर्ष निरन्तरता दिई पुरस्कृत गर्ने जानकारी पनि उनले गराए ।

वार्षिकोत्सवको अवसरमा पुस्तक र स्मारिका पनि विमोचन हुने जनाइयो । साथै काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा विभिन्न सयममा भइरहने विभिन्न जात्रापात्राहरुमा पानी बोकेर पानी खुवाउने पानी बा भनेर चिनिने समाजसेवामा लामो समयदेखि लागिरहेका भक्तपुरकै रत्नभक्त प्रजापतिलाई पनि सम्मान गर्ने जनाइयो । साथसाथै ३० औं वार्षिकोत्सवको अवसरमा स्कुलले आयोजना गरेका विभिन्न प्रतियोगितामा विजयीहरुलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । वार्षिकोत्सवको अवसरमा स्कुलले साउन १७ गतेदेखि मंगलबारसम्म विभिन्न १८ वटा कार्यक्रमहरु गरेको थियो ।