हाम्रो सनसाइनले यसपालि पनि दिनेभयो पूर्ण छात्रबृत्ति

हाम्रो सनसाइनले यसपालि पनि दिनेभयो पूर्ण छात्रबृत्ति


काठमाडौँ । काठमाडौँको बौद्ध स्थित हाम्रो सनसाइन कलेजले यसपालि पनि कक्षा ११ र १२ मा ४० जनालाई पूर्ण निशुल्क पढाउने भएको छ । देशलाई आइटी क्षेत्रमा मजबुत बनाउदै बालबालिकाहरुलाई आइटीमा स्वरोजगार बनाउन कलेजले हरेक बर्ष झैं यसपालि पनि एसइइ उत्तीर्ण गरेका जेहेन्दार तर कमजोर आर्थिक अवस्थाका कारण पढाइ अघि बढाउन नसकिरहेका विद्यार्थीहरुलाई सो छात्रबृत्ति प्रदान गर्ने कुरा कलेजका प्रिन्सिपल दिवेश खत्रीले जानकारी दिनुभयो ।

कलेजले आइटी क्षेत्रमा देश अघि बढिरहेको र बालबालिकाहरुलाई पनि त्यस क्षेत्रमा सहजता प्रदान गर्दै अध्ययन गराउन सके भविष्यमा देशले ठूलो फड्को मार्ने अपेक्षा राखेको छ । कम्प्युटर साइन्स विषय अहिलेको जल्दो बल्दो विषय भएकोले एसइइ पासगरेका विद्यार्थीहरुको पहिलो रोजाइमा पर्ने गरेको छ । मैले यो विषय पढ्न सक्छु कि सक्दिन भन्ने भ्रम विद्यार्थीमाझ रहेको हुनाले त्यसमा उनीहरुलाई आर्थिक भारबाट मुक्त गरिदिन सके ढुक्क भएर पढ्ने र पास पनि हुने गरेका छन् । यस कलेजले अघिल्ला बर्षहरुमा पनि कक्षा ११ र १२ मा बार्षिक ४० जनालाई पूर्ण छात्रबृत्ति प्रदान गरी उत्तिर्ण समेत गराइ सकेको छ ।
कलेज राजधानी काठमार्डौको बौद्ध र कपनको बीच भागमा पर्ने सिमलटारमा अवस्थित छ । बार्षिक २५० जनालाई पूर्ण निशुल्कमा विद्यालय शिक्षा प्रदान गर्दै आएको यस कलेजको आफ्नै स्कूल समेत छ ।

शिक्षामा समानताको उदेश्य बोकेको यो शैक्षिक संस्थाले हरेका बालबालिकाले पढ्न पाउनु पर्छ र कुनै पनि कारणले आर्थिक रुपमा पछि परेकै कारणले बालबालिकाहरुको आफ्नो पढाइ रोकिनु हुँदैन भन्ने मान्यता राख्दछ । विद्यालयको सम्पर्क फोन नम्बर ०१ ४८२१३६५, वेवसाइट www.hamrosunshine.edu.npर फेसबुक पेज  https://www.facebook.com/HamroSunShineSchool/मार्फत थप जानकारीहरु लिन सकिन्छ । अर्थात विद्यालयमा सोझै गएर पूरा जानकारी लिन र निवेदन दिन सकिन्छ । साथै यो लिंकबाट गुगल फर्म पनि भर्न सकिन्छ ।https://forms.gle/xhtpFrTTowfia74b6