‘मिस एण्ड मास्टर नेपाल वर्ल्ड २०२४’ भब्यता पुर्वक सप्पन्न,साइमन अधिकारीले जिते तिनवटा विधामा ट्रफी(तस्बिर)

‘मिस एण्ड मास्टर नेपाल वर्ल्ड २०२४’ भब्यता पुर्वक सप्पन्न,साइमन अधिकारीले जिते तिनवटा विधामा ट्रफी(तस्बिर)


काठमाडौं । ‘मिस एण्ड मास्टर नेपाल वर्ल्ड २०२४’ भब्यता पुर्वक सप्पन्न भएको छ ।

शनिबार चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा कानून तथा न्याय मन्त्री माननीय दिलमान पाख्रिन रहनुभएको थियो भने विशेष अतिथिका रुपमा समाजसेवी तथा एस.के इन्टरटेनमेन्टकी निर्देशक शान्ताकुमारी तामाङ, क्लब काठमाडौं उत्तर पूर्वका रोटेरियनका भरत पाठक रहनुभएको थियो ।

त्यस्तै डिआइजी देउती गुरुङ, ग्रीन आर्ट्स मिडियाकी प्रमुख कार्यकारी अधिकृत अनिला श्रेष्ठ,मिसेस युनिभर्स नेपालकी जज मनिषा डङ्गोल श्रेष्ठ,मिसेस हेरिटेज इन्टरनेसनलकी बिवा बस्नेत, मिसेस गुरुङ २०२२ की निरु गुरुङ, मोडेल इन्फ्लुएन्सर भवन कलवानी जुनियरका तर्फबाट मुख्य न्यायाधीश सरिता ज्ञवाली, मुख्य निर्णायक मिस नेपाल २००० उषा खड्गी,मिस नेपाल अर्थ २०२२ सारिशा श्रेष्ठ,कोरियोग्राफर अजमा महर्जन,संयोजक दिनेश कुमार ओली आतिथ्यता रहेको थियो भने अन्य विभिन्न अतिथि,कलाकार, तथा बाल प्रतियोगीहरुको उपस्तिथिमा कार्यक्रम सप्पन्न भएको हो ।

मिस एण्ड मिस्टर नेपाल वर्ल्ड २०२४ मा भाग लिएका बालबालिकाहरुले विभिन्न कला देखाएर कार्यक्रमलाई अझ रोमाञ्चक बनाएका थिए । कार्यक्रममा मिस एण्ड मास्टर नेपाल वर्ल्ड २०२४ भाग लिएका बालबालिकाहरु मध्यबाट सर्बोत्कृष्ट, प्रथम, दितिय र तृतिय स्थान हासिल गर्नेहरुलाई अवार्डका साथै गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा मिस नेपाल लिटल वर्ल्डको जुनियर क्याटागोरी तर्फको उपाधि ईस्मा अधिकारीले हात पारिन भने फस्ट रनर अप कलस मानन्धर,सेकेन्ड रनर अप कृतिका थानी र थर्ड रनरअप दृश्ना चापागाईं र जिबिका जिसि ले हात पारेका छन् ।

त्यस्तै सिनियर तर्फ अदिती विश्वकर्माले उपाधी जितिन भने फस्ट रनर अप पिन्छेन तामाङ सेकेन्ड रनर अप असृ रुपाचा भैइन ।

यस्तै मास्टर्स तर्फ साइमन अधिकारीले सेकेन्ड रनर अप उपाधि हात पार्नुका साथै मस्ट पपुलर अनि बौदिक तर्फ पनि ट्रफी र गिफ्ट ह्याम्पर हात पारेका छन् ।

तस्बिर: