काठमाडौं । नेपाल टेलिकमले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले ३० प्रतिशत नगद लाभांश ९कर सहित० दिने निर्णय गरेको हो।
उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृतपछि कम्पनीको आगामी १७औं साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष कम्पनीले ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ।
बुक क्लोजका आधामा पुस १७ गतेसम्म कायम सेयरधनीहरूले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्।
प्रतिक्रिया