ललितपुरमा देखियो हैजा संक्रमण

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१४, ठैवमा हैजा संक्रमण देखिएको छ । ठैवस्थित एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर) मा चार पुरुषमा हैजा पुष्टि भएको वडाध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए । केन्द्रमा रहेका ६ युवामा पखाला लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिएपछि परीक्षण गर्दा चारजनामा हैजा पुष्टि भएको उनले बताए । बिरामीमध्ये टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग…