यौन शब्दको दुरुपयोगले यौनिकताको अध्ययन समेत बद्नाम भएको छ : डा. पोखरेल

काठमाडौं । नेपाल मानवीय यौनिकता अध्ययन संस्थानका अध्यक्ष तथा प्रोफेसर डाक्टर सुबोध कुमार पोखरेलले हाम्रो समाजमा यौन शब्दको दुरुपयोग भएकाले यौनिकताको अध्ययन समेत बद्नाम भएको बताउनु भएको छ । नेपाल मानवीय यौनिकता अध्ययन संस्थानको उद्घाटन समारोहको अवसरमा  जनता टेलिभिजनको सहकार्यमा टेलिभिजनकै सभाहलमा आज भएको एक औपचारिक कार्यक्रममा पोखरेलले यस्तो बताउनु भएको हो । कार्यक्रममा उपप्रधान…