भक्तपुरको सूर्यविनायकमा नवनिर्मित ‘उर्गेन साङ्गे छ्योलिङ गुम्बा’को भव्य उद्घाटन

भक्तपुर, भक्तपुरको सूर्यविनायक नगरपालिका–६, पाण्डुबजार हाइटमा नवनिर्मित 'उर्गेन साङ्गे छ्योलिङ गुम्बा'को एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। २५७० औं बुद्ध जयन्ती अर्थात् शान्तिका अग्रदूत गौतम बुद्धको जन्मदिनको पावन अवसर पारेर 'ह्याङ्ला आदिवासी तामाङ समाज'ले उक्त गुम्बाको उद्घाटन कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा समाजका पदाधिकारीहरू, स्थानीय समुदाय र बौद्ध धर्मावलम्बीहरूको बाक्लो उपस्थिति रहेको थियो। नवनिर्मित…