काठमाडौं । ग्रामीण दूरसञ्चार सेवाको अनुमति पाएको सीजी कम्युनिकेसन्सको दूरसञ्चार सेवाको अनुमतिपत्र ९लाइसेन्स० रद्द भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सार्वजनिक सूचना निकालेर अनुमतिपत्र स्वतः रद्द भएको जानकारी गराएको हो। सीजी कम्युनिकेसन्स लिमिटेडले २१ नोभेम्बर, २००३ मा ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र पाएको थियो। उक्त अनुमतिपत्र नवीकरणका लागि सीजी कम्युनिकेसन्स लिमिटेडले दूरसञ्चार नियमावली, २०५४ को…