काठमाडौं । दोस्रो परा हिमालय सञ्चार तथा सामाजिक विकास सङ्गोष्ठी बुधवारबाट धुलिखेलमा सुरु भएको छ। चार दिवसीय सङ्गोष्ठीको उद्घाटन सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका हुन्।
चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना र काठमाडौं विश्वविद्यालयको आथित्यतामा भएको सम्मेलन पान(हिमालयन कम्युनिकेसन रिसर्च सेन्टर, सिचुआन फिलोसोपी एण्ड सोसल साइन्स कि ल्याब्रोटरी अफ डिजिटल एण्ड पव्लिक गभर्नेन्स, रिसर्च सेन्टर अफ रिजन पव्लिक एडमिनिस्ट्रर्सनको आयोजनामा सुरु भएको हो।
सम्मेलनको उद्घाटन गर्दै सञ्चार मन्त्री गुरुङले नेपाल र चीन परम्परागत मित्र भएको बताउँदै दुई देशबीचको सहकार्यमा हिमालय क्षेत्रले ब्यहोरिरहेको साझा समस्याको समाधान गर्न सकिने बताए। उनले नेपाल र चीन नदी हिमाल सँगसँगै सांस्कृतिलेसमेत जोडिएको भन्दै चीनले नेपालको विकासमा पुर्याएको योगदान प्रति धन्यवाद दिए।
चिनियाँ विश्वविद्यालमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै ज्ञानको आदानप्रदानमा सहयोग पुर्याएको बताए। उनले सञ्चार तथा प्रविधिको साझेदारी दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने बताए।
सम्मेलनमा नेपाल चीनसहित भारत पाकिस्तान भुटान लगायतका देशका १२० बढी विज्ञहरुको सहभागिता रहेको छ।
सम्मेलनका दौरान सञ्चार सामाजिक विकासका विषयमा ५० बढी कार्यपत्र प्रस्तुत हुने छन्। परा हिमालय क्षेत्र पछिल्ला दशकहरुमा चीनको बेल्ट एण्ड रोड परियोजनाको मुख्य साझेदारको रुपमा रहँदै आएका छन्। ‘यही फ्रेमवर्कमा रहेर यस क्षेत्रका विज्ञहरुले साझेदारी साझा अवधारणा निर्माण तथा हिमाल आरपार सम्बन्ध विस्तारमा महत्त्वपूर्ण काम गर्दै आएका छन्। पछिल्लो समय यस क्षेत्रका देशहरु जलवायु परिवर्तन गरिबी सुरक्षालगायतका साझा समस्याबाट जुधिरहेका छन्,’ प्रध्यापक हानले भने ‘यसै सन्धरमा तिब्र रुपमा विकास भइरहेको सूचना प्रविधिको साझेदारीले यी समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने साझा अवधारणा तयार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’
साझा समस्याको समाधानका लागि यस क्षेत्रका विज्ञहरुको साझा सञ्चार सम्बन्धि मञ्च निर्माण गर्दै सूचनाको आदानप्रदानका लागि महत्त्वपूर्ण रहने हुँदा सङ्गोष्ठीले साझा तथा प्रभावकारी साझेदारीको बाटो निर्माण गर्ने उनको भनाइ छ।
सङ्गोष्ठी बीआरआईको विकासलाई प्रवर्द्धन गर्दै हिमालयन क्षेत्रमा शान्ति र स्थायित्वका लागि महत्त्वपूर्ण भूमिका खेल्ने छ।
प्रतिक्रिया