भक्तपुर । खाना पकाउने ग्याँसको आपूर्ति तथा वितरणलाई सहज, व्यवस्थित र पारदर्शी बनाउन सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ग्याँस डिपो तथा ग्याँस बिक्री–वितरण गर्ने पसलहरूको नियमित अनुगमन सुरु गरेको छ। नगरपालिकाका उपप्रमुख तथा बजार अनुगमन समिति संयोजक सरिता तिमसिना भट्टराईले ग्याँसमा कृत्रिम अभाव सिर्जना गर्ने विरुद्ध तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले अनुगमनलाई तीव्र गरिएको र…