राप्रपा केन्द्रीय सदस्य आर्चाय माथि आक्रमण गर्नेहरु फरार , एक जना धरौटीमा रिहा

राप्रपा केन्द्रीय सदस्य आर्चाय माथि आक्रमण गर्नेहरु फरार , एक जना धरौटीमा रिहा


काठमाडौ। प्रतिनिधिसभामा समानुपतिक उम्मेदवार छनोटको मापदण्ड माग राखेर केन्द्रीय कार्यालयमा अनसनमा बसेकी राप्रपा केन्द्रीय सदस्य नानीमाया आचार्य माथि आक्रमण गर्ने हरु अझै सम्म पक्राउ परेका छैनन् । उनीहरु फराररहेको प्रहरीले जनाएको छ।

यसरी फरार हुनेहरुमा अन्जु सुवेदी भन्ने प्रनिता भण्डारी, कुमारी स्याङतान, नारायाणी राई , विमला श्रेष्ठ, रिना लाखजु छन् , ।

सो घटनामा संल्गन भएको आरोपमा अनिता विमलीलाई यस अघि नै पक्राउ गरिएको थियो । उनी भने आदलतको आदेशमा धरौटीमा छुटी सकेकी छन् । कुमारी स्याङतान, बाग्मति प्रदेश को सासद हुन ।