काठमाडौँ । प्रतिनिधिसभा सदस्यको शपथ तथा संसद् अधिवेशन सञ्चालनका लागि सभाकक्ष र अन्य पूर्वाधारको तयारी पूरा भएको छ । निर्माणाधीन संसद् भवन तयार हुन नसकेपछि नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षलाई सांसदको शपथग्रहण तथा संसद् अधिवेशन सञ्चालनका लागि तयारी गरिएको हो । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान छ । संसद् बैठक…