काठमाडौं । संगिता अधिकारी ।
बुढानीलकण्ठ नगरपालिका वडा नं. १२, कपन–खरिबोटस्थित नवनिर्मित वडा प्रशासनिक भवनको विधिवत रूपमा समुद्घाटन सम्पन्न भएको छ । आजदेखी उक्त भवनबाट औपचारिक रूपमा सेवा तथा कार्य सञ्चालन सुरु गरिएको हो । सोमबार विधिपुर्वक पुजाआजा गरि भवन प्रवेश गरिएको हो । समुद्घाटन समारोहमा वडा नं. १२ का वडा अध्यक्ष शम्भु भट्टराईले नवनिर्मित प्रशासनिक भवनले वडाबासीको सेवा पहुँचमा उल्लेखनीय सुधार ल्याउने बताउनुभयो । उहाँले विभिन्न बाधा आवरोधका बिचपनि भवन निर्माणको काम सम्पन्न गर्न सफल भएको बताउनुभयो । उहाँले प्रशासनिक भवन वडाबासीका लागि निकै आवश्यक पूर्वाधार भएको उल्लेख गर्नुभयो । भवन अत्याआधुनिक भएको बताउनुभयो । जय सम्भु निर्माण सप्लायर्स कम्पनीले यसको ठेक्का लिएको थियो । २ करोड ९१ लखमायो भवन निर्माण सम्पन्न भएको हो ।
नयाँ प्रशासनिक भवन सञ्चालनमा आएपछि वडा स्तरीय सेवा प्रवाह थप सहज, प्रभावकारी र नागरिकमैत्री हुने विश्वास लिइएको छ। भवन सम्पन्न भएको सँगै स्थानीय वासिन्दाहरुले खुशी ब्यक्त गर्दे अध्यक्ष शम्भु भटटराईलाई बधाई तथा धन्यवाद ब्यक्त गरेका छन् । भवनले वडा कार्यालयका नियमित प्रशासनिक कार्यका साथै नागरिकलाई आवश्यक सेवा–सुविधा एकै स्थानबाट प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। यस्तै वडा कमीटीका अध्यक्ष शंकर भटटराई अहिलेको नेतृत्वले धेरैनै विकास निर्माण काम गरेको बताउनुभयो ।
स्थानीयवासीहरूले पनि नयाँ प्रशासनिक भवन निर्माण भएसँगै सेवा लिन सहज हुने भन्दै खुशी व्यक्त गरेका छन्। यसले वडा कार्यालय र नागरिकबीचको दूरी घटाउँदै स्थानीय शासन प्रणालीलाई थप बलियो बनाउने विश्वास गरिएको छ।
वडाको प्रशासकिय भवन निर्माणका क्रममा निकैनै झमेल बाधा अवरोध झेल्नु परेतापनि भवन समयमै सम्मपन्न गर्न सकेकोमा निकै खुशी लागेको ठेकेदार बताउँछन ।
सार्वजनिक सम्पति निकै मेहनतका साथ सम्पन्न भएका हुनछन तर विभिन्न निउमा तोडफोड गर्ने आगज िगर्ने काम नगर्न उहाँको सुझाव छ ।
भवन सञ्चालनसँगै वडाबाट प्रदान गरिने सेवा छरितो, पारदर्शी र प्रभावकारी बनाइने जनप्रििनधि तथा कर्मचारीहरुले बताएका छन । साथै वडाको समग्र विकासका लागि आवश्यक पूर्वाधार निर्माण र सेवा सुधारका कामलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।



प्रतिक्रिया