बालेनको लिफ्ट सबैका लागि खुला

बालेनको लिफ्ट सबैका लागि खुला


काठमाडौँ । काठमाडौं महानगरपालिकाको लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको छ ।
महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहले मात्रै प्रयोग गर्ने गरेको उक्त लिफ्ट मंगलबारबाट सेवाग्राहीका लागि खुला गरिएको हो ।

महानगरको उक्त लिफ्टमा बालेनले आफ्नो पासवर्ड राखेर आफूले मात्रै प्रयोग गर्ने गरेका थिए ।

महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार कार्यबाहक नगरप्रमुख सुनिता डङ्गोलको निर्देशनमा लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको हो ।

बालेनले राखेको पासवर्ड हटाएर सेवाग्राहीका लागि खुला गरिएको हो ।

महानगरको मेयरबाट राजीनामा दिएर बालेन झापा–५ बाट चुनावी मैदानमा उत्रिएका छन् ।