काठमाडौँ । भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
सोमबार राति २ बजे उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा घटना भएको हो । विस्फोटपछि आगलागी हुँदा वरपरका घरहरू पनि जलेर ध्वस्त भएका छन् । घटनास्थलमै उनीहरूको मृत्यु भएको थियो । मृतक सबैको पहिचान खुलेको छ । उनीहरू करिब दुई वर्षदेखि रोजगारीका लागि भारतमा बस्दै आएका थिए । साथै उनीहरु सोही क्षेत्रमा मजदुरी गर्दै आएका थिए । स्थानीय स्रोतका अनुसार उनीहरू बसोबास गरिरहेको कोठामै ग्यास सिलिन्डर राखिएको थियो, जहाँबाट दुर्घटना भएको अनुमान गरिएको छ ।



प्रतिक्रिया