खोटाङ– जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पतालको अन्तिम चरणमा पुगेको छ । लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पतालको भवन आगामी दशैँअघि हस्तान्तरण गर्ने योजनासहित निर्माणलाई तीव्रता दिइएको ठेकेदार कम्पनीले जनाएको छ । निर्माणाधीन अस्पताल भवनको भूइँतलामा इमरजेन्सी आकस्मिक कक्ष, ल्याब र ऐक्स–रे सेवा, पहिलो तलामा शल्यक्रिया अप्रेशन र ओपिडी बहिरङ्ग सेवा, दोस्रो तलामा वाड…