मनसुन सक्रिय भएसँगै डेंगु संक्रमण बढ्दै, ११ दिनमा १६४ जनामा पुष्टि

काठमाडौँ । देशभर मनसुन सक्रिय भएसँगै डेंगु संक्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ११ दिनको अवधिमा १६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुस मध्यदेखि असार ९ सम्म १२ सय ६८ जनामा देखिएको डेंगु असार १९ मा आइपुग्दा १४ सय ३२ जनामा फेला परेको छ । जसअनुसार…