काठमाडौं । राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ तान्ने भएको छ। आज बुधबार निक्षेप संकलन विधिबाट २१ दिनको लागि राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ प्रणालीबाट उठाउन लागेको हो। यसअघि गत भदौ १२ गते पनि राष्ट्र बैंकले निक्षेप संकलनमार्फत् ४० अर्ब रूपैयाँ उठाउन आह्वान गरेकोमा बैंकहरूले २१ अर्ब राखेका थिए। बैंकहरूले औसत २.९९ प्रतिशत ब्याजमा…