काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३–८४ का लागि अर्थ मन्त्रालयले बजेट मार्गदर्शन तयार पारेको छ। जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने सरकारको संवैधानिक दायित्वअनुसार मन्त्रालयले मार्गदर्शन तयार गरी सबै सम्बन्धित मन्त्रालयहरूलाई पठाइसकेको मन्त्रालयले जनाएको छ। योजना आयोगका उपाध्यक्ष नेतृत्वको स्रोत अनुमान समितिले विभिन्न विश्लेषणपछि स्रोत अनुमान प्रतिवेदन पेश गरेको र सोहीअनुसार बजेट लेखनको कार्य…