काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा अनुपातमा सामान्य दरमा घटेको छ । गत चैत मसान्तसम्म बैंकहरुको औसत निष्क्रिय कर्जा अनुपात ३.६५ प्रतिशत थियो । असार मसान्तसम्म आउँदा त्यो ०.११ प्रतिशत विन्दुले घटेर ३.५४ प्रतिशतमा सीमित भएको छ । हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । उनीहरुले आजसम्म सार्वजनिक…